कोस्टारिकासँग हारेर पनि स्टेडियममा छाडेनन् जापानी समर्थकले ...
पाेखरा | मंसिर १३, २०७९
पोखराः एसियन राष्ट्र जापानले कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकासँग हारेर पनि विश्वको ध्यानाकर्षित गरेको छ ।
लिग चरणको दोस्रो खेलमा कोस्टारिकासँग हारेर स्तब्ध बनेको जापानी समर्थकहरुले खेलपछि पनि स्टेडियम छाडेनन् । स्टेडियम रित्तिदै गएपछि उनीहरु सरसफाईमा केन्द्रित भए ।
कोस्टारिका समर्थिन फ्यानहरु स्टेडियम बाहिर निस्केपछि हारको पीडालाई बिर्सेर उनीहरुले पुरै प्यारापिटमा रहेका फोहोर संकलन गरी निर्धारित स्थानमा जम्मा गरिदिएका थिए ।
जापानी समर्थकको कार्यलाई विश्वभरबाट प्रशंसा गरिएको छ । यूरोस्पोर्टले उनीहरुको तस्बिर सार्वजनिक गरेपछि जापानी समर्थकलाई विश्वभरका फुटबलप्रेमीले प्रशंसाको शब्द खर्चेका छन् ।
उनीहरुको कार्यप्रति नतमस्तक भएका डिलन व्ह्टिटेकर लेख्छन्, ‘गज्जबको संस्कार, विश्वले जापानीहरुबाट सिक्नैपर्छ ।’ त्यस्तै, सिल्भिया फेमीले लेखेकी छिन्, ‘भलै जापान फुटबलमा हार्ला तर मानवीय गुण, संस्कार र आदरमा कहिल्यै हार्दैनन् ।
समूह ‘इ’ मा रहेको जापान कोस्टारिकासँग हारेपनि पहिलो खेलमा जर्मनीमाथि २–१ को जीत हात पारेको छ ।
अब जापानले समूह चरणमा स्पेनसँग शुक्रबार खेल्नेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

